संसद्को कार्यसूची बनाउन काठघरमा बैठक

संसद्को कार्यसूची बनाउन  काठघरमा बैठक

प्रतिनिधिसभाअन्तर्गत कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको छ । सिंहदरबारस्थित संसद सचिवालय भवनको काठघर नम्बर २ मा रहेको बैठक कक्षमा दिउँसो सवा १ बजेदेखि बैठक बसेको हो । 

बैठकमा सभामुख देवराज घिमिरे र महिला बालबालिका,ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यसहित संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरु सहभागी छन् । काँग्रेसका प्रमुख सचेतक रमेश लेखक,एमालेका पदम गिरी,माओवादी केन्द्रका हितराज पाण्डे, राप्रपाका ज्ञानबहादुर शाही,राष्ट्रिय स्वतन्त्र पार्टीका सन्ताेष परियार बैठकमा बसेका छन् । 

त्यस्तै, संसद सचिवालयका महासचिव भरतराज गौतम,सचिव पदमप्रसाद पाण्डे र कार्यव्यवस्था परामर्श समितिमा रहेका सांसदहरुको पनि त्यहाँ उपस्थिति रहेको छ । 

बैठकले बजेट अधिवेशन र भोलि बस्ने प्रतिनिधिसभा बैठकको कार्यसूची तयार गर्ने बुझिएको छ ।

यसअघि बिहान तीन ठूला दल कांग्रेस, एमाले र माओवादीका संसदीय दलका नेता र प्रमुख सचेतकबीच बालुवाटारमा बैठक बसेको थियो । उक्त बैठकमा संसदीय सुनुवाइ समितिको नेतृत्व टुंग्याउनेलगायत संसदीय कामकारवाहीका बिषयमा सहमतिका साथ अघि बढ्ने सल्लाह भएको बताइएको छ ।

टिप्पणीहरू