टोपबहादुर पासिकोटमा समातिए

टोपबहादुर पासिकोटमा समातिए

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वउपप्रधानमन्त्री तथा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी काठमाडौंको बूढानीलकण्ठ नजिकैबाट पक्राउ परेका छन् । उनलाई बूढानीलकण्ठ र हात्तिगौंडाबीचको पासिकोटबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रहरीले पक्राउ पुर्जी जारी गरेको ११ दिनपछि उनी आज राजधानीमा फेला परेका हुन् । ललितपुरको सात दोबाटो छाडेर उनी पासिकोटमा लुकेर बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

वैशाख २० गते साँझ भैरहवाबाट उडानमा काठमाडौं आउन लागेका उनी एकाएक फरार भएका थिए । रायमाझी मुछिएको यो प्रकरणलाई एमालेले ‘राज्यविरुद्को अपराध’ ठहर गर्दै उनलाई निलम्बन गरेको हो ।

काण्डमा पूर्वगृहमन्त्री खाँण, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, पूर्वगृह सचिव टेकनारायण पाण्डे, रायमाझीका छोरा सन्दीपसहित १२ जना पक्राउ परिसकेका छन् । पक्राउ पर्नेमा रायमाझी १३ औं हुन् ।

टिप्पणीहरू