पुलमुनिबाट समातिएकी तारा बरालको भारतीय दूतावास जाने तयारी

पुलमुनिबाट समातिएकी तारा बरालको भारतीय दूतावास जाने तयारी

आफूलाई अभियन्ता भन्दै विरोधका विभिन्न गतिविधि गर्दै आएकी तारा बरालको समूह आज भारतीय दूतावास जाने भएको छ । 

बराल समूहले भ्रष्टाचारी, हत्यारा नेताहरुलाई भारतमा आश्रय नदिन अनुरोध गर्दै ज्ञापन पत्र दिन लागेको जानकारी बुझिएको छ । सो टोली समूह दिउँसो १ बजे लैनचौरस्थित दूतावास जान लागेको हो ।
उनै बराललाई हिजो साँझ प्रहरीले धोबीखोला पुलमुनिबाट पक्राउ गरेको थियो ।

नक्कली भुटानी शरणार्थीका अभियुक्तहरुलाई कडा कारबाहीको माग गर्दै मसाल जुलुस निकाल्न खोजेपछि बराललगायत तीन जनालाई पुलमुनिबाट नियन्त्रणमा लिइएको बताइन्छ । 

प्रहरीले पक्राउ गर्नुअघि उनीहरुले काँग्रेस सभापति शेरबहादुर देउवा,एमाले अध्यक्ष केपी शर्मा ओली, पूर्वगृहमन्त्री बालकृष्ण खाँणविरुद्ध चर्का नारा लगाएका थिए ।

टिप्पणीहरू