गाडीबाट ओर्लेर मुस्कुराउँदै अदालत पसे टोपबहादुर

गाडीबाट ओर्लेर मुस्कुराउँदै अदालत पसे टोपबहादुर

नेपालीलाई भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौँ कुम्ल्याउने गिरोहमा नाम जोडिएका टोपबहादुर रायमाझीलाई जिल्ला अदालत काठमाडौं लगिएको छ । हिजो पक्राउ परेका उनलाई आज म्याद थपका लागि अदालत पुर्याइएको हो । 

सोह्रखुट्टे प्रहरी चौकीको हिरासतमा रहेका रायमाझीलाई त्यहाँबाट प्रहरीको गाडीमा राखेर दिउँसो बबरमहलस्थित जिल्ला अदालतमा उपस्थित गराइएको छ । उनीमाथि थप अनुसन्धान गर्नका लागि तीन दिनको समय प्रहरीले मागेको छ ।प्रहरी भ्यानमा आएका रायमाझी उपस्थित मिडियाकर्मीलाई हात हल्लाउँदै जिल्ला अदालत प्रवेश गरेका थिए । हिजो पक्राउ परेका बेला मदिरामा लठ्ठिएका उनी आज भने निकै फुर्तिलो देखिए । उनी हाँस्दै र हात हल्लाउँदै अदालत भित्र छिरे । 

यस प्रकरणमा हालसम्म १३ जना पक्राउ परेका छन् । जसमध्ये पूर्वगृहमन्त्री बालकृष्ण खाँण,पूर्वउपप्रधानमन्त्री रहेका रायमाझी, एमाले उपाध्यक्ष रामबहादुर थापा बादलका तत्कालीन सुरक्षा सल्लाहकार इन्द्रजित राई र तत्कालीन गृहसचिव टेकनारायण पाण्डेलाई प्रहरीले हत्कडी लगाएको छैन ।

टिप्पणीहरू