सभामुख घिमिरे फोटो हेर्न न्युरोडमा

सभामुख घिमिरे फोटो हेर्न न्युरोडमा

सभामुख देवराज घिमिरे नयाँ सडक नजिकैको भूगोल पार्क पुग्नुभएको छ । उहाँ गोरखापत्र संस्थानले आयोजना गरेको फोटो प्रदर्शनी अवलोकन गर्न त्यहाँ जानुभएको बताइएको छ ।

सभामुख घिमिरे गोरखापत्र प्रकाशनको १२३ औं वर्ष प्रवेश तथा संस्थानको ६१ औं वार्षिकोत्सवमा भइरहेको फोटो प्रदर्शनीमा राखिएका तस्बिरहरु हेरेर भर्खरै फर्कनुभएको हो ।

प्रदर्शनीमा २०३० देखि २०६० को दशकमा खिचिएका तस्बिरहरु राखिएका छन् ।

टिप्पणीहरू