पहिले गठबन्धनको लगत्तै क्याबिनेट बैठक
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्याबिनेट बैठक बोलाउनुभएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा साँझ ४ बजे क्याबिनेट बैठक डाकिएको छ । बैठकमा जेठ ५ गते संसदमा प्रस्तुत गरिने सरकारको नीति तथा कार्यक्रमबारे छलफल हुने बताइएको छ ।
त्यसअघि प्रधानमन्त्री प्रचण्डले सत्तारुढ १० दलीय गठबन्धनको बैठक बोलाउनुभएको छ । सरकारका नीति तथा कार्यक्रमबारे सत्ता साझेदार दलहरुको राय सुझावका लागि बस्न लागेको गठबन्धन बैठक दिउँसो २ बजे डाकिएको हो ।
टिप्पणीहरू