क्रसर मेसिनको फित्ता बेरिँदा रामहरिको अवस्था गम्भीर
सिन्धुपाल्चोकमा क्रसर मेसिनको फित्तामा बेरिएर एक जना गम्भीर घाइते भएका छन् । पाँचपोखरी थाङपाल गाउँपालिका ६ का ४० वर्षीय रामहरि जोती आज बिहान मेसिनको फित्तामा बेरिएका हुन् ।
मेसिनको फित्ताले बेरिँदा उनको दायाँ हातको पाखुरा काटिएको छ । पाँचपोखरी थाङपाल ६ स्थित खानेपानी आयोजना जाने बाटो निर्माणको क्रममा क्रसर प्लाण्टमा गिटी बालुवा प्रशोधन गर्ने मेसिन चलाउँदा उनी घाइते भएको प्रहरीले जनाएको छ ।
हाल उनको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।
टिप्पणीहरू