सगरमाथामा सत्ताईसौँ सफलता

सगरमाथामा सत्ताईसौँ सफलता

कीर्तिमानी पर्वतारोही कामीरिता शेर्पा सत्ताइसाैँ पटक सगरमाथाको चुचुरोमा पुगेका छन् ।

उनी साेमबार बिहान अर्थात् नेपाली समयअनुसार बिहान ८ बजेर ३० मीनेटमा हिमालचुलीको चुचुरोमा पुगेको नेपाल सरकारले खटाएका सम्पर्क अधिकृतले जानकारी दिएका छन् ।

सन् १९९४ मा सगरमाथाको चुचुराे पहिलाेपटक टेकेका शेर्पाको सत्ताइसाैँ आरोहणसँगै सर्वोच्च शिखर सगरमाथा आरोहणको इतिहासमा नयाँ कीर्तिमान स्थापित भएको छ । 

सोलुखुम्बुका ५३ वर्षीय पर्वतारोही शेर्पाले सत्ताइसाैँ पटक सगरमाथा चुमेर आफ्नाे अघिल्लाे रेकर्डसमेत तोडेका छन् ।

टिप्पणीहरू