भत्किएको समाजवादी नबनाउँदै झगडा

भत्किएको समाजवादी नबनाउँदै झगडा

पूर्वप्रधनमन्त्री माधवकुमार नेपालले नेतृत्व गर्नुभएको नेकपा (एकीकृत समाजवादी) भित्रको एउटा भद्रगोल देखिएको छ, दाङ जिल्लामा ।

पार्टीका मुख्य मुख्य मान्छे एमालेमा फर्किने सुरसार गर्दैछन् । जानेहरुलाई त्यसअघि नै कारवाही गर्नुपर्ने एउटा चटारो छ । त्यससँगै नयाँ जिल्ला कमिटी बनाउने अर्को हतारो । बन्न लागेको नयाँ जिल्ला कमिटीको अध्यक्ष को हुने भन्नेबारे अहिल्यैदेखि हानाथाप शुरु भइसकेको छ । 

जेठ ६ गते एमाले महासचिव शंकर पोखरेल दाङ जाने र त्यस अवसरमा पूर्व स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसी, एसका प्रदेश इञ्चार्ज भागवत विश्वास, स्थानीय निर्वाचनमा गठबन्धनका तर्फबाट तुलसीपुरमा उपमेयरका उम्मेदवार बनेका जोगबहादुर राणा, जिल्ला कमिटीका अध्यक्ष सुरामणि बेलबासेहरु एमाले फर्किने कार्यक्रम छ । समाजवादीले भने ५ गते नै ती सबैलाई कारवाही गर्ने र दाङको जिल्ला कमिटी पुनर्गठन गर्ने कार्यक्रम राखेको छ । जिल्ला कमिटी कसको नेतृत्वमा बनाउने भन्नबारे अलग्गै हानाथाप चलिरहेको छ । 

जिल्लामा बाँकी रहेका समाजवादीमा केही युवामात्रै छन् । त्यसमध्ये विगतमा दलित अयोगको अध्यक्ष भइसकेका गोविन्द श्रीपाली अध्यक्षका बलिया दावेदार हुन् । तर, नेताहरु काठमाडौंबाटै पूर्वसांसद तथा केन्द्रीय सदस्य अनारकली मियाँलाई अध्यक्ष बनाउन खोजेपछि बाँकी भएका समाजवादी भित्रै पनि असन्तुष्टि शुरु भएको छ ।

पार्टीको केन्द्रीय नेतृत्वले नै ‘एक व्यक्ति, एक पद’ को नीति अबलम्बन गर्ने । तर, जिल्लामा नयाँ नेतृत्व बनाउँदा सांसद भइसकेको, केन्द्रीय सदस्य रहिरहेको व्यक्ति प्रस्ताव गरिएपछि लफडा शुरु भएको हो । 

जिल्लामा जनमत कमजोर हुँदा पनि कांग्रेर र माओवादीको मतले मेटमणि चौधरी सांसदमा निर्वाचित त भए । तर, उनी दोस्रोपटक सांसद भएलगत्तै उनका स्वकीय सचिव गौरवसिंह महरा, भूमाण्डव केसी, केन्द्रीय सदस्य मीना गुरुङहरु यसअघि नै एमाले फर्किएका थिए ।

टिप्पणीहरू