हिजो सिंहदरबार पुगेको समाजवादी आज सडकमा
सत्तारुढ नेकपा एकीकृत समाजवादीले भ्रष्टचारको बिरोधमा आज प्रर्दशन गर्ने भएको छ ।
नक्कली भूटानी शरणार्थी प्रकरणमा मुछिएकाहरुलाई पक्राउ गरि प्रहरीले अनुसन्धान अघि बढाइरहेका बेला छानविनलाई प्रभावकारी बनाउन सरकार र सरोकारवालाहरुलाई खबरदारी गर्ने उद्धेश्यले समाजवादीले प्रदर्शन गर्न लागेको हो । आज अपराह्न ३ बजे माइतीघर मण्डलामा प्रदर्शन हुने जनाइएको छ ।
नेपालीलाई भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौँ कुम्ल्याउने गिरोहमा उच्च राजनीतिक तथा प्रशासनिक व्यक्तिहरुको संलग्नता रहेको अनुसन्धानबाट खुलिसकेको छ । त्यसकारण राजनीतिक पहुँच र प्रभावले छानविन प्रक्रिया प्रभावित हुनसक्ने आशंकाका कारण राजनीतिक दल, तीनका भातृ संगठनलगायत सरोकारवालाहरुले निरन्तर प्रदर्शन गरिरहेका छन् ।
यस प्रकरणमा संलग्न सबैलाई छानविनको दयाराम ल्याई दोषीलाई कारवाही गर्नुपर्ने भन्दै हिजो समाजवादीका नेताहरुले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापनपत्र बुझाएका थिए । सो पार्टीका भातृ संगठनहरुले पनि आन्दोलन गरिरहेका छन् ।
टिप्पणीहरू