प्रतिनिधिसभा बैठक दुई घण्टा बिलम्ब

प्रतिनिधिसभा बैठक दुई घण्टा बिलम्ब

प्रतिनिधिसभा बैठक शुरु भएको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक दुई घण्टा ढिलो गरी भर्खरै शुरु भएको हो । 

बैठकको प्रारम्भमा नियम लिम्बनको प्रस्ताव पेस गरिएको छ । 

आजको बैठकमा सांसदहरुले प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्ने कार्यक्रम छ । सोहीसँग सम्बन्धित् नियम निलम्बनसम्बन्धी प्रस्ताव पेस गरिएको हो । 

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पेस गरेको नियम निलम्बनको प्रस्तावलाई एमालेका महेश बर्ताैला र रास्पवाका सन्तोष परियारले समर्थन जनाएका छन् । उक्त प्रस्तावमा प्रधानमन्त्रीसँग बढीमा १५ जनाले प्रश्नोत्तर गर्ने पाउनेछन् । 

प्रस्ताव बैठकले पारित गरेकाे छ ।

टिप्पणीहरू