जापानमा शक्तिशाली राष्ट्रहरुको बैठकअघि चीनमा मध्य एसियाली राष्ट्रहरुको भेला

जापानमा शक्तिशाली राष्ट्रहरुको बैठकअघि चीनमा मध्य एसियाली राष्ट्रहरुको भेला

आजदेखि जापानमा विश्वको महाशक्ति राष्ट्र अमेरिकासँगै सात औद्योगिक राष्ट्रहरुको समूह जी ७० को बैठक शुरु भएको छ । भारत लगायत अन्य पर्यवेक्षक मुलुकका राष्ट्र तथा सरकार प्रमुखहरु पनि बैठकमा सहभागी हुन हिरोशिमा पुग्ने क्रम जारी छ । 

यता, चीनले भने उत्तर पश्चिम सियान शहरमा मध्य एसियाली राष्ट्रहरुको दुई दिने सम्मेलन आयोजना गरेको छ । सम्मेलनमा चिनियाँ राष्ट्रपति सि जिनपिङसहित कजाकस्तान, किर्गिस्तान, ताजिकिस्तान, तुर्कमेनिस्तान र उज्बेकिस्तानका कार्यकारी प्रमुखहरु सहभागी भएका छन् । 

उक्त सम्मेलनलाई पश्चिमा राष्ट्रहरुले चीनको बेल्ड एण्ड रोड इनिसिएटिभ (बीआरआई) सँग जोडेर व्याखा गरेका छन् । तर, चीनले ती सबै मुलुक चीनसँग सीमाना जोडिएका र नजोडिए पनि नजिकका छिमेकी मुलुकको रुपमा अथ्र्याउँदै सो क्षेत्रको विकास र सुरक्षासँग सम्मेलन सम्बन्धित रहेको बताएको छ ।

टिप्पणीहरू