धर्म छाडेका धर्मनारायण समातिए
बैंकिङ्ग कसूर मुद्दाका फरार प्रतिवादी धर्मनारायण गणेश समातिएका छन् । झापाको कचनकवल गाउँपालिका–५ का ३४ वर्षीय उनलाई प्रहरीले पक्रेको जानकारी दिएको छ ।
उच्च अदालत पाटनले २०७८ फागुन ९ गते बैंकिङ्ग कसूर मुद्दामा दोषी ठहर गर्दै उनलाई तीन दिन कैद, सात लाख ५२ हजार जरिवाना र पीडित कोषमा ३० हजार ८० रुपैयाँ जम्मा गर्नुपर्ने फैसलाले सुनाएको थियो । त्यसपछि भागेका धर्मनारायण हिजो प्रहरीको फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीको नियन्त्रणमा परेका उनलाई अदालतको फैसला मुताबिकको सजाय गराउने प्रहरीले बताएको छ ।
टिप्पणीहरू