मध्यरातमा सैन्य टोलीको आगमनसँगै मन्त्री दोहा प्रस्थान

मध्यरातमा सैन्य टोलीको आगमनसँगै मन्त्री दोहा प्रस्थान

गएराति नेपाली सेनाको एउटा टोली काठमाडौं आइपुगेको छ । लिबियामा कार्यरत राष्ट्रसंघीय शान्ति सेनाको टोली गएराति साढे १२ बजे काठमाडौं ओर्लिएको छ । 

प्रमुख सेनानी अनन्तबहादुर सिंहको कमाण्डमा ११५ जनाको टोली नेपाल वायुसेवा निगमको चार्टर उडानमा दोहा हुँदै काठमाडौं आएको हो । 

गएराति नै स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत दोहा हुँदै जनेभा जानुभएको छ । उहाँ कतार एअरवेजको उडान नम्बर क्युआर ६४५ मा राति २ बजे काठमाडौंबाट प्रस्थान गर्नुभएको बताइएको छ । 

विश्व स्वास्थ्य संगठनको ७६ औं विश्व स्वास्थ्य सम्मेलनमा सहभागी हुन मन्त्री बस्नेतसँगै मन्त्रालयका अतिरिक्त सचिव डा. विकास देवकोटासहित छ सदस्यीय टोली त्यता गएको हो । मन्त्री जेठ ११ गते राति १ बजे र सचिवहरुको टोली १८ गते बिहान ८ बजे काठमाडौं आइपुग्ने मन्त्रालय स्रोतले बताएको छ ।

टिप्पणीहरू