बिदाको दिनमा अमेरिकी राजदूत सिंहदरबारमा

बिदाको दिनमा अमेरिकी राजदूत सिंहदरबारमा

नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थम्पसन आज बिहान सिंहदरबार जानुभएको छ । उहाँ उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटवार्ताको निम्ति त्यहाँ पुग्नुभएको बताइएको छ ।  

मन्त्री र राजदूतबीच गृह मन्त्रालयमा बिहान ११ बजेदेखि बातचित भएको हो । नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन र अनुसन्धान अन्तिम क्षणमा पुगेको अवस्थामा उहाँहरुबीच भेट भएको हो ।  

उक्त प्रकरणमा संलग्न आरोपित र नेपालको अनुसन्धान तथा तहकिकातबारे अमेरिकाले शुरुदेखि नै विशेष चासो राख्दै आएको छ । ३० वर्षअघि नेपालमा बसेका भुटानी शरणार्थाीहरुमध्ये एक लाख १३ हजारबढी अमेरिकालगायत विश्वका विभिन्न मुलुकमा पुनस्र्थापित भइसकेका छन् ।

टिप्पणीहरू