गणतन्त्र दिवसको दिन राजावादीहरु गोलवन्द

गणतन्त्र दिवसको दिन राजावादीहरु गोलवन्द

जेठ १५ गते राज्यको तर्फबाट गणतन्त्र दिवस मनाउने तयारी छ । तर, सोही दिन गणतन्त्र खारेजीको माग गर्दै राजधानीको मुटु रत्नपार्कमा जनप्रदर्शनको तयारीसमेत भैरहेको छ ।

गणतान्त्रिक व्यवस्था खारेज र राजसंस्था पुनःस्थापनाको माग गर्दै १५ गते दिउँसो राजधानीमा प्रदर्शनको तयारी गरिएको हो । शाही युवा शक्ति नेपालले उक्त कार्यक्रमको व्यवस्थापन गरेको बताइएको छ । 

उता, पूर्वराजा ज्ञानेन्द्र सपरिवार केही सातादेखि नेपालगञ्जमा हुनुहुन्छ । नेपालगञ्जमा हिन्दू संघ संगठनको अभिनन्दन ग्रहण गरेर उहाँ अघिल्लो साता भारतको उत्तर प्रदेश जानुभएको थियो । त्यताबाट फर्केपछि अर्को अभिनन्दनको तयारी धनगढीमा गरिएको छ ।

टिप्पणीहरू