जनयुद्ध शब्दलाई लिएर माओवादी र एमालेका माननीयबीच संसदमा 'बाझाबाझ'

जनयुद्ध शब्दलाई लिएर माओवादी र एमालेका माननीयबीच संसदमा 'बाझाबाझ'

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा रहेको जनयुद्ध शब्दलाई लिएर सत्ता र प्रतिपक्षका सांसदहरु 'बाझाबाझ' गरेका छन् । 

पूर्वमन्त्रीसमेत रहेका एमाले सांसद योगेश भट्टराई र माओवादीका देवेन्द्र पौडेलबीच नीति तथा कार्यक्रममा उल्लेख जनयुद्ध शब्दको विरोध र समर्थनमा प्रतिनिधिसभा बैठकमा सवालजवाफ भएको हो । भट्टराईले संविधान निर्माणकै बेला अस्वीकृत भएको जनयुद्ध शब्द नीति तथा कार्यक्रममा राखिएकोमा चर्को आपत्ति जनाए । 

संविधान निर्माणपछि जनयुद्ध शब्द कुनै पनि सरकारी दस्तावेजमा नरहेको भन्दै उनले राष्ट्रपति रामचन्द्र पौडेललाई नीति तथा कार्यक्रम प्रस्तुत गर्दा उक्त शब्द वाचन गराइएको भन्दै कांग्रेसको पनि आलोचना गरे । 

त्यसपछि नीति तथा कार्यक्रममा टिप्पणी गर्न आएका माओवादीका पौडेलले भट्टराईको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै 'डिस्नेरी' हेर्न सुझाव दिए । जनता सहभागी भएर भएका आन्दोलन र युद्धलाई नै जनआन्दोलन र जनयुद्ध भनिने भन्दै उनले भट्टराईलाई डिस्नेरी हेर्न सुझाव दिएका हुन् ।

टिप्पणीहरू