नियमित हवाई सेवादेखि नि:शुल्क लोकसेवा तयारी कक्षा
गुल्मीको रेसुङ्गा नगरपालिकाले पछिल्लो एक वर्षे कार्यकालमा भएका गतिविधि सार्वजनिक गरेको छ । नगरपालिकाले गत वर्षको निर्वाचनपछि भए गरेका गतिविधि जानकारी गराएको बताइएको छ ।
नगर प्रमुख खिलध्वज पन्थीका अनुसार सो अवधिमा गुल्मीबाट नियमित हवाई सेवाका साथै जिल्ला अस्पतालमा हाडजोर्नी तथा नशा रोग विशेषज्ञको व्यवस्थापन गरिएको जानकारी दिए ।
जिल्लाको सदरमुकाम तम्घासमा कालोपत्रे सुरु गरिएको र गुल्मी अस्पतालमा मिर्गौला डायलाइसिसको निम्ति मेसिनसमेत हस्तान्तरण गरिएको उनले बताएका छन् । त्यस्तै, मझेङ्ग खानेपानी निर्माणको प्रक्रिया अन्तिम चरणमा रहेको छ । सालझण्डी पटौटी तम्घास सडकको तीब्र गतिमा निर्माण भइरहेको उनले दाबी गरे ।
यता युवा विद्यार्थीलाई लक्षित गर्दै निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालनका साथ सडक बालबालिकाको व्यवस्थापनमा पहल गरिएको छ । नगरपालिकाले चिदीचौर व्यवस्थापन, माध्यमिक शिक्षा परिक्षामा ‘ए प्लस’ ल्याउनेलाई मासिक चार हजार उपलब्ध गराउनुका साथै रेसुङ्गा बहुमुखी क्याम्पसलाई एक करोड सहयोग तथा रेसुङ्गा क्षेत्रको प्रचारप्रसारलगायतका काम समेत गरेको जानकारी दिएको हो ।
सोही क्रम नगर प्रमुख पन्थीले आफ्नो एक वर्षको समयलाई फर्केर हेर्दा समुन्नत गुल्मीको यात्रामा तीव्रताका साथ अघि बढेको बताए । पहिलो वर्ष विकासका धेरै आयाम परिवर्तन गर्न सफल भएको उल्लेख गर्दै उनले आगामी चार वर्ष पनि नगरपालिकालाई समुन्नत बनाउन आफुहरु प्रतिबद्ध रहेको जनाएका छन् । साथै, आफ्नो क्षेत्रको समग्र विकासका लागि संघ र प्रदेशबाट अनवरत प्रयत्न गर्ने समेत उनको प्रतिबद्धता छ ।
टिप्पणीहरू