कामीरिताले तोडे आफ्नै विश्वकीर्तिमान, २८ औं पटक सगरमाथाको चुचुरोमा

कामीरिताले तोडे आफ्नै विश्वकीर्तिमान, २८ औं पटक सगरमाथाको चुचुरोमा

विश्व कीर्तिमानी आरोही कामीरिता शेर्पा आज बिहान पुुनः सगरमाथाको चुचुरोमा पुगेका छन् । उनी यसअघिको २७ औं पटकको आफ्नो कीर्तिमान तोडेर २८ औं पटक सफल सगरमाथा आरोही बनेका हुन् ।

शेर्पा आज बिहान ९ बजेर २३ मिनेटमा सगरमाथाको चुचुरोमा पुगेको बताइएको छ । यो सिजनमा उनी दोस्रो पटक सगरमाथाको चुचुरोमा पुगेका हुन् । यसअघि जेठ ३ गते पनि सगरमाथाको सफल आरोहण गरेर २७ औं पटकको कीर्तिमान राखेका थिए ।

सोलुखुम्बुको थामे निवासी कामीरिता २०२६ पुस १८ मा जन्मिएका हुन । उनले २०५१ सालमा पहिलोपटक सगरमाथाको सफल आरोहण गरेका थिए ।

टिप्पणीहरू