जसपाका मन्त्री थपिएलगत्तै सरकार पूर्ण

जसपाका मन्त्री थपिएलगत्तै सरकार पूर्ण

जनता समाजवादी पार्टी (जसपा) का तर्फबाट दुईजना मन्त्री नियुक्त भएका छन् । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज जसपाका सांसदद्वय वीरेन्द्रप्रसाद महतोलाई मन्त्री र प्रमिलाकुमारी यादवलाई राज्यमन्त्री नियुक्त गर्नुभएको छ । 

राष्ट्रपति कार्यालय, शितल निवासका अनुसार महतोले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ भने प्रमिला कुमारीलाई शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बनाइएको छ । 

दुई जना मन्त्री नियुक्त भएसँगै प्रचण्ड सरकारले अब पूर्णता पाएको छ ।

टिप्पणीहरू