झण्डै दुई सय वैज्ञानिकद्वारा सगरमाथा क्षेत्रको सुक्ष्म अध्ययन

झण्डै दुई सय वैज्ञानिकद्वारा सगरमाथा क्षेत्रको सुक्ष्म अध्ययन

विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रको १७० जना वैज्ञानिकले अनुसन्धान गरेका छन् । उनीहरुले सो क्षेत्रको जल, पर्यावरण र मानव गतिविधिको सुक्ष्म अध्ययन र अनुसन्धान गरेको बताइएको छ ।

छिमेकी चीनको छिङहाई–तिब्बत पठार क्षेत्रको बृहत वैज्ञानिक अध्ययनको क्रममा सगरमाथाको उत्तरी भेगमा ती वैज्ञानिकहरु पुगेका हुन् । 

चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार चीनले आयोजना गरेको यस्तै प्रकृतिको यो दोस्रो अभियान हो । छ वर्षअघि चीनले उक्त अभियान प्रारम्भ गरेको बताइएको छ । 

अभियानको मुख्य उद्देश्य विश्व तापमानका कारण वातावरणीय प्रभावले सो क्षेत्रमा परेको असरको सुक्ष्म अध्ययन गर्नु थियो ।

भिडियो स्रोत : सिन्ह्वा

 

टिप्पणीहरू