साढे २२ लाखको अवैध सामान डण्डाको कब्जामा

सशस्त्र प्रहरीले अवैध रुपमा भित्र्याइएको लाखौंको मालसामान बरामद गरेको छ । 

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ आँप बगैंचाबाट २२ लाख ३० हजार ५९० रुपैयाँ बराबरको इलेक्ट्रिक सिगरेट, इलेक्ट्रिक आईटम्स, मोटरपार्ट्स र लत्ताकपडा सशस्त्रले बरामद गरेको हो । 

प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डा (बिओपी डण्डा) का सशस्त्र प्रहरी नायव उपरीक्षक अरुण शर्माको कमाण्डमा खटिएको टोलीले आज राति साँढे १ बजे सामान नियन्त्रणमा लिइएको जनाइएको छ । 

सशस्त्र प्रहरीको टोलीलाई देख्नेबित्तिकै सामान ल्याउने व्यक्तिहरु फरार भएका थिए । बरामद भएको सामान भैरहवा भन्सार कार्यालय, बेलहिया, रुपन्देहीलाई बुझाइएको छ ।

टिप्पणीहरू