भारतीय प्रधानमन्त्रीका भाइ र रवि लामिछानेबीच ‘सुुटक्क’ भेट
विश्व हिन्दू महासंघ भारत च्याप्टरका अध्यक्ष तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका साख्खै भाइ प्रह्लाद दामोदर मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले गोप्य भेट गरेका छन् । उक्त भेट केही साताअघि काठमाडौंमा भएको उच्च स्रोतले बताएको छ ।
मोदी पाँच दिने भ्रमणमा आएका थिए । सरकारी निकायले जानकारी नदिएको उक्त भ्रमणको क्रममा प्रल्हाद पोखरा पुगेको बताइन्छ । जेठ १ गते पोखराबाट फर्केर उनी २ गते नयाँ दिल्ली गएका थिए ।
गत पुसमा उपप्रधानसहित गृहमन्त्री बनेपछि लामिछानेले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागलाई मन्त्रीस्तरीय निर्णयबाट राजनीतिक नेतृत्व, विदेशी कूटनीतिक नियोगका प्रतिनिधिहरुसँग व्यक्तिगत भेटमा रोक लगाएका थिए । उनले तोकिएका अधिकारीसँग स्वीकृति लिँदै विषयवस्तुको पूर्व जानकारी गराएर मात्र भेटघाट गर्न कडा निर्देशन जारी गरेका थिए । तर अहिले आफैँले विदेशीसँग गोप्य भेट गर्नुलाई धेरैले अर्थपूर्ण र दोहोरो मापदण्ड भनेका छन् ।
टिप्पणीहरू