कालिकामाईका पासवान चरेशसहित पक्राउ

कालिकामाईका पासवान चरेशसहित पक्राउ

पर्सामा लागूऔषधसहित एक युवक पक्राउ परेका छन् । आज बिहान कालिकामाई गाउँपालिका-१ का २१ वर्षीय अनिल पासवान १० ग्राम चरेशसहित समातिएका हुन् । 

प्रहरी चौकी आशवारीबाट खटिएको प्रहरी टोलीले सोही ठाउँमा बीआर २२ एटि ८४९८ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा उनको साथबाट २० प्याकेट चरेश फेला परेको प्रहरीले जनाएको छ ।

त्यसपछि चरेशसहित उनलाई समार प्रहरीले अनुसन्धान गरिरहेको छ ।

टिप्पणीहरू