गणतन्त्रप्रति रविन्द्र मिश्रको कटाक्ष : ‘सबै कुरा भाडमे जाओस्’

गणतन्त्रप्रति रविन्द्र मिश्रको कटाक्ष : ‘सबै कुरा भाडमे जाओस्’

पूर्वपञ्चहरुको पार्टी राप्रपाका नेता रविन्द्र मिश्रले आगामी वर्ष गणतन्त्र दिवस मनाउन नपरोस् भनि कामना गरेका छन् । 

गणतन्त्र दिवसको दिन एकाबिहानै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर उनले यहि वर्ष गणतन्त्रको अन्तिम वर्ष होस् भनेर पुकारेका हुन् । मिश्रले भावी पुस्ताका लागि संवैधानिक राजसंस्थाको आवश्यकताको रटान आज पनि दोहोर्याएका छन् । 

‘आउँदो वर्ष गणतन्त्र दिवस नआओस्, संसदको भूमिका भाडमे जाओस्, नियमकानून भाडमे जाओस्, न्यायालय भाडमे जाओस्, पदीय जिम्मेवारी भाडमे जाओस्, प्रहरी, प्रशासन, अख्तियार, विद्यालय, विश्वविद्यालय, समाज भाडमे जाओस्, धर्म, संस्कृति, सभ्यता भाडमे जाओस्, युवाहरुको भविष्य भाडमे जाओस्, गरिबको जीवन भाडमे जाओस्, देशको अस्मिता भाडमे जाओस्, मेरो र आफन्तको कल्याण होस्, गणतन्त्र अमर रहोस् ! होइन त ?’, गणतन्त्रप्रति कटाक्ष गर्दै उनले लेखेका छन् । 

नेपालको इतिहासमा सबैभन्दा फटाहा, भ्रष्ट, आडम्बरी, राष्ट्रघाती पुस्ता बनिसकेको बताउँदै मिश्रले गणतन्त्र निरन्तर रहे भावी पुस्तामाथि अपराध गरेको ठहरिने पनि उल्लेख गरेका छन् । भनेका छन्, ‘आउँदो पुस्ताका लागि बस्न योग्य देश छोडेर जाऊँ, जसका लागि ‘कुशन संस्था’ का रुपमा सवैंधानिक राजसंस्था अत्यावश्यक छ ।’

इतिहासका सबै गल्तीको क्षमाप्रार्थी गर्दै राजा, राजनीतिक दल र जनता एउटा नवीन समझदारीमा पुग्नुपर्नेमा जोड दिएका मिश्रले अन्थया देश र भावी पुस्तामाथि अक्षम्य अन्याय हुने बताएका छन् ।
 

टिप्पणीहरू