सगरमाथा दिवसमा आरोहीहरु सम्मानित

आज १६औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइएको छ । नेपाललगायत, न्यूजिल्याण्ड, अष्ट्रेलियामा समेत सगरमाथा दिवस मनाइएको खबर प्राप्त भएको छ ।

सगरमाथा दिवस मनाउन थालिएको १६ वर्ष पुगेपनि उक्त चुचुरोको सफल आरोहण गरिएको ७० वर्ष पुगेको छ । सन् १९५३ को मे २९ का दिन बिहान साढे ११ बजे तेन्जिङ नोर्गे शेर्पा र न्यूजिल्याण्डका एडमन्ड हिलारीले सगरमाथाको सफल आरोहण गरेका थिए । सोही दिनको सम्झनामा १६ वर्ष अघिदेखि सगरमाथा दिवस मनाउन थालिएको हो ।

आज काठमाडौंमा नेपाल पर्वतारोहण संघ, नेपाल पर्यटन बोर्ड, पर्यटन विभागलगायत सरकारी तथा निजी क्षेत्रका संस्थाले संयुक्त रुपमा आरोहीलाई सम्मान गरेर सगरमाथा दिवस मनाएका छन् । कामिरिता शेर्पा, पासाङ ल्हामु शेर्पा, सानु शेर्पा र हरिबहादुर बुढामगरलाई नगदसहित पुरस्कृत गरिएको छ ।

टिप्पणीहरू