चिनियाँ कम्युनिष्ट पार्टीका प्रान्तीय सचिव आज आउँदै
चिनियाँ कम्युनिष्ट पार्टीको सिचुवान प्रान्तका सचिव नेपाल आउन लागेका छन् । सचिव वाङ सियाओहुई उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अहिले बिहान काठमाडौं आइपुग्ने कार्यक्रम छ ।
भ्रमणको क्रममा टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, केही मन्त्री र विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटवार्ता गर्ने बताइएको छ ।
साथै,नेपाली व्यापारिक समूह तथा निजी क्षेत्रका लगानीकर्तासँग पनि छलफल गर्ने कार्यक्रम राखिएको छ ।
टिप्पणीहरू