प्रधानमन्त्रीको टोली दिल्ली उड्यो
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चार दिने भारत भ्रमणका लागि दिल्ली प्रस्थान गर्नुभएको छ ।
नेपाल एयरलाइन्सको नियमित उडानबाट आज दिउँसो प्रधानमन्त्रीको टोली दिल्ली प्रस्थान गरेको हो । प्रधानमन्त्री प्रचण्डलाई बिदाई गर्न सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्रीहरु लगायत उच्च सरकारी अधिकारीहरु त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका थिए ।
प्रधानमन्त्री प्रचण्डले भोली भारतीय समकक्षी नरेन्द्र मोदीसँग दुई पक्षीय वार्ता गर्ने कार्यक्रम छ । साथै, भारतीय राष्ट्रपति र उपराष्ट्रपतिसँग पनि उहाँको शिष्टाचार भेट हुने बताइएको छ ।
प्रधानमन्त्री प्रचण्ड जेठ २० गते स्वदेश फर्कनुहुनेछ ।
टिप्पणीहरू