प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच भेटवार्ता शुरु

प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच भेटवार्ता शुरु

भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्नुभएको छ । 

हैदरावाद हाउसमा केही बेरअघि भेटवार्ता  शुरु भएको हो । द्दिपक्षीय भेटवार्तामा दुवै देशका प्रतिनिधिहरु सहभागी छन् । 

भेटवार्तापछि महत्वपूर्ण सहमतिपत्रमा हस्ताक्षर, परियोजनाको उद्घाटन हुने र त्यसलगत्तै आयोजना हुने पत्रकार सम्मेलनमा दुवै प्रधानन्त्रीले सम्बोधन गर्ने कार्यसूची छ । 

भ्रमणको दोस्रो दिन आज बिहान राजघाटस्थित महात्मा गान्धीको समाधिस्थल पुगेर प्रधानमन्त्री प्रचण्डले पुष्पगुच्छा अर्पण गर्नुभएको थियो । होटल मौर्यमा बस्नुभएका प्रधानमन्त्रीले हिजो आफू बसेकै ठाउँमा भारतीय प्रधानमन्त्री मोदीका सुरक्षा सल्लाहकार अजित डोभाल र विदेशसचिव विनयमोहन क्वात्रासँग भेटवार्ता गर्नुभएको थियो । 

आजै उहाँले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेट गर्नुहुनेछ । प्रधानमन्त्री प्रचण्ड शनिबार स्वदेश फर्किने कार्यक्रम छ ।

टिप्पणीहरू