अमलेखगञ्जको पाइपलाइन चितवनसम्म बिच्छाइने, सिलगुढी–झापा पनि बनाइने

अमलेखगञ्जको पाइपलाइन चितवनसम्म बिच्छाइने, सिलगुढी–झापा पनि बनाइने

नेपालमा पेट्रोलियम पदार्थ आयातमा पाइपलाइन विस्तार गर्न भारत सहमत भएको छ । 

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटवार्तापछि हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा पेट्रोलियम पदार्थको पाइपलाइन विस्तार गरिने जानकारी दिनुभएको हो । 

रक्सौलदेखि अमलेखगञ्जसम्म रहेको पाइपलाइनलाई विस्तार गरेर चितवनसम्म पुर्‍याउने मोदीको भनाइ छ । साथै, सिलगुडीबाट झापासम्म पनि पेट्रोलियम पाइपलाइन बनाउन आफूहरु सहमत भएको उहाँले बताउनुभयो ।

चारदिने भारतको औपचारिक भ्रमणका लागि हिजो नयाँदिल्ली पुग्नुभएका प्रधानमन्त्री प्रचण्ड र समकक्षी मोदीबीच आज भेटवार्ता भएको हो । दुई प्रधानमन्त्रीको छुट्टै र त्यसपछि भएको प्रतिनिधिमण्डलस्तरीय भेटवार्तापछि संयुक्त पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । 

प्रधानमन्त्री प्रचण्ड शनिबार स्वदेश फर्किने कार्यक्रम छ ।

टिप्पणीहरू