उपराष्ट्रपति बारा पुग्नुभयो

उपराष्ट्रपति बारा पुग्नुभयो

उपराष्ट्रपति राम सहाय प्रसाद यादव बिहानै सिमरा पुग्नुभएको छ । उहाँ बिहान पौने ७ बजेको समयमा बुद्ध एअरको उडान नम्बर बीएचए ५५१ मा काठमाडौंबाट प्रस्थान गर्नुभएको थियो । 

सात जनाको टोलीसहित उपराष्ट्रपति गृहजिल्ला बारा जानुभएको हो । उहाँ सिमरा उडानको निम्ति बिहान ६ बजेको समयमा उपराष्ट्रपतिको निवास लैनचौरबाट बाहिरिनुभएको थियो । 

उक्त उडानमा पूर्वमन्त्री ज्वालाकुमारी साह पनि रहेको बताइएको छ ।

टिप्पणीहरू