निर्वाचन कार्यालय खारेज गर्ने निर्णयमा गगन थापा असहमत

निर्वाचन कार्यालय खारेज गर्ने निर्णयमा गगन थापा असहमत

नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले निर्वाचन कार्यालय खारेज गर्ने निर्णय फिर्ता लिन माग गरेका छन् ।

आज प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले खर्च कटौतीको बहनामा निर्वाचन आयोगका जिल्ला कार्यालय खारेज गर्न नहुने बताएका हुन् । थापाले उक्त निर्णय फिर्ता लिन माग गरे । 

 जिल्लास्थित निर्वाचन कार्यालय खारेज गरेमा निर्वाचनको निष्पक्षतामा प्रश्न उठ्ने भन्दै उनले १५ करोड बचत गर्नका लागि निर्वाचनको निष्पक्षतामा सम्झौता गर्नुपर्ने अवस्थामा पुगिसकेका हो त भनेर प्रश्न पनि गरेका छन् । 

सरकारले चालू खर्च कटौती गर्न २० भन्दाबढी सरकारी निकायहरु खारेज गर्ने निर्णय गरेको थियो । त्यसमा जिल्ला निर्वाचन कार्यालय खारेज गरेर जिल्ला प्रशासन कार्यालयको इकाइको रुपमा राख्ने र निर्वाचन कार्यालय प्रदेशमा मात्र रहने व्यवस्था गरिएको छ ।

टिप्पणीहरू