बुटवलमा रोयल इनफिल्डको नयाँ बाइक लञ्च

बुटवलमा रोयल इनफिल्डको नयाँ बाइक लञ्च

रोयल ईनफिल्ड कम्पनीको दुई नयाँ मोडलका बाइक आजदेखि  बुटवलमा सार्वजनिक गरिएका छन् । पछिल्लो १० वर्षदेखि यो व्यवसायमा आवद्ध सो क्षेत्रको आधिकारिक बिक्रेता गैरे प्रतिष्ठान प्रालिले क्लासिक ३५० र रोयल इलफर्ड हिमालयन स्क्राम ४११ बाइक लञ्च गरेको हो ।

बुटवल उद्योग वाणिज्य संघका उपाध्यक्ष टंकप्रसाद गैरे, पश्चिममाञ्चल पेट्रोलियम डिलर एसोसियसनका अध्यक्ष हिमाल गैरे, प्रतिष्ठानका संरक्षक बालकृष्ण गैरेले सामूहिक रुपमा दुबै बाइक सार्वजनिक गरेका हुन् । क्लासिक ३५० को बजार मूल्य चार लाख ९९ हजार रुपैयाँ र रोयल इलफर्ड हिमालयन स्क्याम ४११ को बजार मूल्य छ लाख ६० हजार रहेको सचालक प्रेमराज गैरेले बताए । 

क्लासिक ३५० मा अपडेटसहित बियस ६ र ३४९ सिसीको साथै एफआई इन्जिन रहेको बताइन्छ । यसैगरी यो सिंगल सिलिण्डरको ४११ सिसीको इञ्जिन रहेको नेपालमै एसेम्बल प्लान्ट स्थापना भएसँगै नेपाली बजारमा एक लाख ५१ हजार रुपैयाँ मूल्य  घटेको उनले बताए । यसअघिका बाइक बियस ४ मा आउँथ्यो भने अहिले बियस ६ मा आएको छ । 

सरकारले भर्खरैमात्र बजेटमा हेभी सवारी साधनमा सडक दस्तुर र अन्तशुल्क घटाएको हुँदा बजार मूल्य घटेको उनले स्पष्ट पारेका छन् । सन १९०१ देखि निरन्तर उत्पादन हुँदै आएको करिब १ सय २२ वर्षदेखि खासगरी युवाहरुको रोजाइमा परेर बजार लिन सफल भएको गैरेको भनाई छ  ।

नेपाली बजारमा ७ वटा रंग, डबल एबिएस ब्रेक सिस्टम, जिपिएस जडान, १५ लिटरको पेट्रोल ट्याङ्की र सुरक्षाको मापदण्ड अपनाइएको प्रतिष्ठानले जनाएको छ । यो बाइकको माइलेज ४० किलोमिटर प्रतिलिटर रहेको बताइन्छ ।

यसले भारतमा क्रुशर अवार्ड प्राप्त गरेको कम्पनीका म्यानेजर ध्रुव सापकोटाले जानकारी दिए । क्रुश ईजी भएकाले युवामाझ झनै आकर्षण बढाएको उनी बताउँछन् । पहिलो दिन नै ४० वटा बुकिङ र बीस वटा डेलिभरी भइसकेका छ्न ।

टिप्पणीहरू