बिहान आइपुगेका विश्व बैंकका उपाध्यक्षहरु सिंहदरबार प्रवेश

बिहान आइपुगेका विश्व बैंकका उपाध्यक्षहरु सिंहदरबार प्रवेश

आज बिहान काठमाडौं आइपुगेका विश्व बैंकका उपाध्यक्षहरुले अर्थमन्त्री डा. प्रकाशशरण महतसँग भेटवार्ता गरेका छन् ।

दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन राइजर र भौतिक पूर्वाधारसम्बन्धी उपाध्यक्ष क्वाङच चेन अर्थमन्त्री महतसँग भेटवार्ता गर्न अर्थ मन्त्रालय पुगेका हुन् । उनीहरु बिहान सवा १० बजे मन्त्रालय पुगेका थिए । दुवै जना उपाध्यक्ष कतार एअरवेजको उडान नम्बर क्युआर ६४८ मा दोहा हुँदै काठमाडौं आइपुगेका हुन् ।

अर्थमन्त्री डा. महत भेटघाटअघि राजधानीमा आयोजित धितोपत्र बोर्डको कार्यक्रममा सहभागी हुनुहुन्थ्यो । बोर्डले आज ३१ औं वार्षिकोत्सव मनाएको छ ।
 

टिप्पणीहरू