कमल थापाले भोलि दिउँसो नारा लगाउने

कमल थापाले भोलि दिउँसो नारा लगाउने

कमल थापा नेतृत्वको राप्रपा नेपालको संयुक्त जनवर्गीय संगठनहरुले भोलि राजधानीमा विरोध प्रदर्शन गर्ने तयारी थालेका छन् । राष्ट्रघात, भ्रष्टाचार, धर्म परिवर्तन र कुशासनको विरोधमा भोलि ‘विशाल विरोध प्रदर्शन’ गर्न लागिएको बताइएको छ ।

दिउँसो २ बजे बबरमहलमा जम्मा भएर विरोध प्रदर्शन गर्दै नयाँ बानेश्वर पुगेर कोणसभा गर्ने कार्यक्रम छ । ‘राष्ट्रघाती नागरिकता विधेयक खारेज गर’, ‘भ्रष्टाचार अन्त्य गर’, ‘नेपाली भूमि सट्टापट्टा नीति मुर्दावाद’, ‘हिन्दुराष्ट्र कायम गर’, ‘संघीयता खारेज गर’, लगायत नारा तय गरिएको जानकारी दिइएको छ ।

विरोध प्रदर्शनमा सहभागी हुन संगठनहरुले सर्वसाधारण सबैलाई आह्वान गरेको छ ।

टिप्पणीहरू