भित्रियो केरलामा मनसुन, भोलिदेखि अन्यत्र पनि फैलने
यो वर्षको मनसुन भारतको केरला राज्यबाट भित्रिएको छ । गए रातिदेखि भित्रिएको मनसुनका कारण केरलामा वर्षा हुन थालेको छ ।
भारतीय जलवायु विभागका अनुसार दक्षिण पश्चिम राज्य केरलामा यसअघि जुन १ तारिखका दिन मनसुन भित्रिने गरेको थियो । तर यो वर्ष एक सातापछि भित्रिएको मनसुनले केरलामा वर्षा भएको हो ।
अब विभिन्न राज्य हुँदै पूरै भारतमा मनुसन फैलन कम्तीमा एक साता लाग्ने बताइएको छ । नेपालमा भारतको पश्चिम बंगाल, बिहार र झारखण्ड क्षेत्रबाट झापामा मनसुन प्रवेश गरेर पश्चिमतर्फ फैलने गर्छ । यसका लागि अरु १० दिन लाग्नसक्ने अनुमान छ ।
टिप्पणीहरू