निर्वाचन आयोगले बोलायो सर्वदलीय बैठक
निर्वाचन आयोगले भोलि सर्वदलीय छलफल डाकेको छ । सरकारले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने क्रममा जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय गरेपछि असन्तुष्ट देखिएको आयोगले भोलि सर्वदलीय बैठक डाकिएको जनाएको छ ।
सरकारको पछिल्लो निर्णय संविधानविपरीत रहेको आयोगका पदाधिकारीहरुले बताउँदै आएका छन् ।
यसबीचमा आयोग पदाधिकारीहरुले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँगको भेटवार्तामा त्यसबारेको असन्तुष्टि पोखिसकेका छन् ।
टिप्पणीहरू