ओलीको प्यानलमा नअटाएकाहरू आफै कस्सिँदै

ओलीको प्यानलमा नअटाएकाहरू आफै कस्सिँदै

नेकपा (एमाले)को जारी महाधिवेनशमा अध्यक्ष केपी शर्मा ओलीको प्यानलमा नअटाएका तीन नेताले सचिवमा स्वतन्त्र उम्मेद्वारी दिएका छन् । पूर्व महान्यायाधिवक्ता अग्नि खरेल, स्थायी समिति सदस्य लालबाबु पण्डित र एक महिना अघिमात्र एमालेमा फर्किएकी रामकुमारी झाँक्रीले सचिवमा उम्मेद्वारी दर्ता गराएका हुन् । 

ओलीले तयार पारेको सूचीमा  तीन नेतालाई केन्द्रीय सदस्यको उम्मेद्वार मात्र बनाइएको छ । त्यसप्रति असन्तुष्टी जनाउँदै खरेल र पण्डितले सचिवमा स्वतन्त्र उम्मद्वारी दर्ता गराएका हुन् । झाँक्रीले समेत महिला सचिवमा उम्मेद्वारी दर्ता गराएको बुझिएको छ । 

केन्द्रीय निर्वाचन आयोगले साढे ६ बजे उम्मेद्वारहरुको अन्तिम नामावली प्रकाशन गर्दैछ ।

टिप्पणीहरू