न्युज अभियानका सम्पादक भण्डारीलाई सफाई

न्युज अभियानका सम्पादक भण्डारीलाई सफाई

न्युज अभियान अनलाइनका सम्पादक छायाचन्द्र भण्डारीले विद्युतीय कारोबारसम्बन्धी मुद्दामा सफाई पाएका छन् ।  प्रहरीको साइबर ब्यूरोले १० महिनाअघि दायर गरेको मुद्दामा जिल्ला अदालत काठमाडौँले दाबी नपुग्ने फैसला सुनाएपछि भण्डारीले सफाई पाएका हुन् ।

जिल्ला अदालत काठमाण्डौका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले आज गरेको अन्तिम आदेशमा वादीतर्फको दाबी नपुग्ने फैसला आएको हो ।  सम्पादक भण्डारीविरुद्ध जिल्ला अदालतमा गत २०७९ भदौमा मुद्दा परेको थियो । उक्त मुद्दामा भण्डारीको तर्फबाट अनन्तराज लुईटेल,भक्ति घिमिरे लगायतले बहस गरेका थिए ।

नेपाल पत्रकार महासंघ केन्द्र र जिल्ला, प्रेस काउन्सिल नेपाल, नेपाल प्रेस युनियन, एसियन हुमनराइट्स कमिसन, क्रान्तिकारी पत्रकार महासंघ, प्रगतिशिल पत्रकार संघलगायतका संघ संस्थाले भण्डारीलाई विद्युतीय कारोबार मुद्दा लगाइएको सम्बन्धमा आपत्ति प्रकट गरेका थिए ।

समाचार लेखेकै आधारमा झुठ्ठा मुद्दामा फसाउने योजना सम्मानित अदालतको फैसलाले असफल भएको भन्दै भण्डारीले न्यायको अनुभूति गरेको प्रतिक्रिया दिए ।
 

टिप्पणीहरू