भाउ नपाउँदा खोलामा गाेलभेडा भसक्कै

काभ्रेको पाँचखाल नगरपालिकाका किसानहरूले टमाटरको बजारमूल्य नपाएपछि खोलामा फालेर विरोध जनाएका छन्  ।  

बारीमा राम्रो गाेलभेडा उत्पादन गरे पनि बजार मूल्य नपाउँदा किसानहरूले आज नगरपालिकाको झिगु खोलामा लगेर फालेका हुन् ।

बिक्री नभएपछि जसरी नि कुहिएर जाने भएकोले  खोलामा फाल्न बाध्य भएको एक किसानले बताए।

भारतबाट भित्रिने विषादीयुक्त तरकारीका कारण स्थानीय उत्पादनले बजार र मूल्य नपाएको भन्दै किसानहरुले स्थानीय सरकारले समेत समन्वय नगरेको आरोप लगाए ।

धेरै किसानको टमाटर बिक्री नभएर घरमै थन्किएको तिनको भनाइ छ । स्थानीय निकायले बजार व्यवस्थापनको लागि पहल गर्छु भने पनि अझै परिणाम नआएको गुनासो छ ।


 

टिप्पणीहरू