शांघाइका ४१ वटा हलमा विश्वका ४५० वटा फिल्म देखाइने

शांघाइका ४१ वटा हलमा विश्वका ४५० वटा फिल्म देखाइने स्राेत : सिन्ह्वा

चीनको आर्थिक राजधानीको रुपमा परिचित शांघाइमा अन्तर्राष्ट्रिय फिल्म महोत्सव शुरु भएको छ । गोल्डेन गोब्लेट पुरस्कारको निम्ति विश्वका चार सय ५० वटा फिल्म समावेश भएको बताइएको छ ।

तीमध्ये ५३ वटा वर्ल्ड प्रिमियर, ४१ वटा अन्तर्राष्ट्रिय प्रिमियर, ८० वटा एसियाली प्रिमियर र ७६ वटा निनियाँ फिल्म हुन् । शांघाइ फिल्म महोत्सव सन् १९९३ बाट शुरु हुँदै आएको छ । 

चीन पछिल्लो समय विश्व चलचित्रको उदाउँदो बजार हो । यो वर्षको मे महिनासम्म चीनको फिल्म बजारमा २ अर्ब ८० करोड अमेरिकी डलरको कारोबार भइसकेको छ ।

टिप्पणीहरू