अमेरिकी राजदूत कतारको बाटो भएर अमेरिका
नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसन दोहा हुँदै अमेरिका जानुभएको छ । उहाँ गएराति २ बजे काठमाडौंबाट कतार एअरवेजको उडान नम्बर क्युआर ६४५ मा त्यसतर्फ प्रस्थान गर्नुभएको काठमाडौं विमास्थलस्थित अध्यागमन कार्यालय स्रोतले जनाएको छ ।
राजदूत डिन अमेरिकाबाट आफ्नो जिम्मेवारी सम्हाल्न गत अक्टोबरमा काठमाडौं आइपुग्नुभएको थियो । अक्टोबर २१ तारिखका दिन उहाँले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शीतल निवासमा आयोजित कार्यक्रममा ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको थियो ।
टिप्पणीहरू