युएईका राजनीतिक सल्लाहकार नेपालको राजधानीमा
संयुक्त अरब इमिरेट्सका एक जना राजनीतिक सल्लाहकार नेपाल आएका छन् । त्यहाँको विदेश मन्त्रालयमा राजनीतिक सल्लाहकार रहेका सैयद हामदान मोहम्मद मोहम्मद अलहान्टोबी अलनक्बी हिजो राति काठमाडौं आइपुगेका हुन् ।
नेपालका लागि पूर्वराजदूत समेत रहेका सैयद एयर अरेबियाको उडान नम्बर जी ९५३० मा सारजाहबाट आएको बताइएको छ ।
संयुक्त अरब इमिरेट्सको विदेशमन्त्री शेख अब्दुल्लाह बिन जायेद बिन सुल्तान अल नाहयान हुन् । ५३ वर्षे उनी युएईका संस्थापक जायद बिन सुल्तान अल नाहयानका छोरा हुन् ।
टिप्पणीहरू