मेलम्चीमा पौडी खेल्न गएका बालक डुबे

मेलम्चीमा पौडी खेल्न गएका बालक डुबे

सिन्धुपाल्चोकमा पौडी खेल्ने क्रममा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ । 

हेलम्बु गाउँपालिका–४, इचोक निवासी १३ वर्षीय लाक्पा तामाङको स्थानीय ग्याल्थुम मेलम्ची खोलामा पौडी खेल्ने क्रममा आज डुबेर मृत्यु भएको हो । 

बालक इष्टपोइन्ट एकेडेमीको कक्षा ५ मा अध्यनरत थिए । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू