कर्मचारी हटाउने नगरपालिकालाई निर्णय पुनर्विचार गर्न दबाब

कर्मचारी हटाउने नगरपालिकालाई निर्णय पुनर्विचार गर्न दबाब

नेपाल नगरपालिका कर्मचारी ऐशोसिएशन इकाई समिति राजविराज नगरपालिकाले करार सेवामा कार्यरत कर्मचारी हटाउने निर्णयमाथि पुर्विचारको माग गरेको छ । 

नगरपालिकाले करार सेवामा कार्यरत कर्मचारीहरुलाई सेवाबाट हटाउँदा कार्यालयको नियमित सेवा प्रवाहमा कठिनाई उत्पन्न भएको उल्लेख गर्दै समितिले त्यस्तो धारणा राखेको हो । 

आज जारी गरिएको विज्ञप्तिमा समिति अध्यक्ष कल्पना देवले उनीहरुको जीवनयापनमा असर परेकाले सो निर्णयमाथि पुनर्विचारको निम्ति आग्रह गरेकी छन् । 

उनले लामो समयादेखि कार्यालयको काममा संलग्न कर्मचारीको सीप, दक्षता, कार्ययोग्यता र कार्यअवधि समेतलाई मध्यनजर नगरी सेवाबाट हटाइएकोमा असन्तुष्टी व्यक्त गरेकी हुन् । 

‘राजविराज नगर कार्यपालिकाको यही ज्येठ २५ गतेको निर्णयबाट यस कार्यालयमा कार्यरत सम्पूर्ण मासिक तथा दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीहरुलाई सेवा प्रवाहबाट हटाउँदा कार्यालयको नियमित, दैनिक सेवा प्रवाहमा असर पर्न गई सेवाग्राहीलाई समेत कठिनाई हुन गएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘उक्त निर्णयले विगत लामो समयावधिदेखि यस कार्यालयको कामकाज गर्दै आएका कर्मचारीको सिप, दक्षता, कार्ययोग्यता, र कार्यअवधि समेतलाई मध्यनजर नगरी उनीहरुको जीवनयापनमा असर पर्ने भएकाले उक्त निर्णयप्रति ईकाई समिति घोर भत्र्सना गर्दै निर्णयमा पुनःविचार गर्न माग गर्दछ ।’
 

टिप्पणीहरू