हाइकिङमा गएका भीरबाट खसे, आठ घन्टापछि उद्धार
काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिकामा हाईकिङमा गएका युवा भीरबाट खसेका छन् । भीरको खोंचमा अड्किएको आठ घण्टापछि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीसँगै स्थानीयको सहयोगमा उद्धार गरिएको छ ।
आज बिहान सुरक्षा निकाय र स्थानीयको समन्वयमा खोंचमा अड्किएका युवाको उद्धार गरिएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ । भुम्लु गाउँपालिका ७, फलाँटेका २४ वर्षीय सुमन खड्काको उद्धार गरिएको हो ।
हिजो बेथाननचोक नारायणथान मन्दिर घुम्न जाने क्रममा महाभारत जंगलमा राति १० बजे हेल्मेट खसेर टिप्न खोज्दा खड्का भीरबाट खसेका थिए ।
रातभरको खोजीपछि बिहान बेहोस अवस्थामा भेटिएका उनको शरीरमा चोट थियो । भीरबाट निकालेपछि उनलाई उपचारार्थ धुलिखेल अस्पताल पठाइएको बताइन्छ ।
टिप्पणीहरू