राष्ट्रसंघीय सहायक महासचिव एकाबिहानै काठमाडौंमा

राष्ट्रसंघीय सहायक महासचिव एकाबिहानै काठमाडौंमा

संयुक्त राष्ट्र संघका सहायक महासचिव नेतृत्वको दुई सदस्यीय टोली काठमाडौं आइपुगेको छ ।

राष्ट्र संघको जनशक्ति, व्यवस्थापन,रणनीति तथा नीति विभागको जिम्मेवारीमा रहेका सहायक सचिव मार्था हेलेना लोपेज आज बिहान साढे ६ बजे टर्किस एअरलाइन्सको उडानमा इस्तानबुल हुँदै काठमाडौं आइपुगेको बताइएको छ । टोलीमा उपसचिव अतुल खरे पनि छन् । 

उनीहरु भोलिदेखि हुन लागेको पाटर्नरशीप फर टेक्नोलोजी इन पिसकिपिङ इन्टरनेशनल सिम्पोजियमसम्बन्धी सातौं सम्मेलनमा भाग लिन आएका हुन् । कार्यक्रम आगामी शुक्रबारसम्म हुने छ ।

टिप्पणीहरू