कोशी प्रदेशसभा पर्सि बस्ने, एजेण्डा तय हुन बाँकी

कोशी प्रदेशसभा पर्सि बस्ने, एजेण्डा तय हुन बाँकी

कोशी प्रदेशसभाको बैठक पर्सि बस्ने भएको छ । जेठ ३१ गते बुधबार दिँउसो १ बजे बस्नेगरी बैठक बोलाइएको हो । 

गत जेठ २३ गते सूचना जारी गर्दै अनिश्चितकालका लागि स्थगित गरिएको बैठक पर्सिका लागि डाकिएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले बताए । प्रदेशसभा नियमावली, २०७४ को नियम ६ बमोजिम सभामुख बाबुराम गौतमले आह्वान गरेको दोस्रो तथा बजेट अधिवेशनको छैठौं बैठक प्रदेश सभाहल, विराटनगरमा बस्ने छ । 

पराजुलीका अनुसार बैठकका एजेण्डा हालसम्म तय भइसकेको छैन् । ‘प्रदेश सरकारले बैठक बोलाइदिनु भनेपछि पर्सिलाई बैठक आह्वान गरिएको हो । हालसम्म बैठकको एजेण्डाबारे जानकारी गराइएको छैन् । भोलिसम्ममा थाहा होला’, उनले भने । 

नेकपा माओवादी केन्द्रले सरकार छोडेपछि अल्पमतमा परेको प्रदेश सरकारले हालसम्म पनि नीति तथा कार्यक्रम ल्याउन नसकेको छैन् । संवैधानिक व्यवस्थाअनुसार असार १ गतेभित्र बजेट ल्याउनुपर्छ ।

टिप्पणीहरू