जिल्ला अदालत छेउबाट विप्लवका एक दर्जन कार्यकर्ता गिरफ्तार

जिल्ला अदालत छेउबाट विप्लवका एक दर्जन कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका एक दर्जन कार्यकर्ता काठमाडौंको बबरमहलस्थित जिल्ला अदालत अगाडिबाट समातिएका छन् । 

नक्कली भुटानी शरणार्थी प्रकरणलाई लिएर प्रदर्शनमा उत्रिएका विप्लवका कार्यकर्तालाई प्रहरीले आज दिउँसो पक्राउ गरेको हो । पक्राउ पर्नेमा सो पार्टीनिकट अनेरास्ववियु (क्रान्तिकारी) का अध्यक्ष प्रकाश शाहीसहित १५ जना रहेको बताइएको छ । उनीहरुलाई प्रहरी वृत्त सिंहदरबार पुर्याइएको छ ।

ब्यानर र पम्प्लेटसहित नाराबाजी गर्दै माइतीघर मण्डलाबाट जिल्ला अदालत अगाडि पुगेपछि प्रहरीसँग आमनेसामने हुँदा उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।

टिप्पणीहरू