काठमाडौंमा अर्का युवकले गरे आत्मदाहको प्रयास

काठमाडौंमा अर्का युवकले गरे आत्मदाहको प्रयास

राजधानीमा अर्का एक युवकले पनि आत्मदाहको प्रयास गरेका छन् । युवकले काठमाडौँ महानगरपालिका १५ बिजेश्वरी, जलगणेश मन्दिर नजिकै आत्मदाहको प्रयास गरेको बताइएको छ । 

गएराति २७ वर्षीय रुपेश राजवाहकले शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका हुन् । आत्मदाहको प्रयासपछि उनलाई उपचारार्थ कीर्तिपुर अस्पताल पुर्याइएको थियो । राजवाहकको आत्मदाह प्रयासबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसअघि हिजो दिउँसो राजधानीको माइतीघरमा नागरिकता माग गर्दै आन्दोलनरत एक युवकले शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए । मोरङको कटहरी घर भएका निरजकुमार कामतले आफ्नै शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेपछि उपचारको निम्ति राष्ट्रिय ट्रमा सेन्टर लगिएको थियो ।

टिप्पणीहरू